काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मधेश प्रदेशबाट संघीय संसद्मा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग विशेष भेटघाट र छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार भएको उक्त भेटमा मधेशको विकास, आगामी बजेटका प्राथमिकता र सुशासनका विषयमा कुराकानी भएको छ।
प्रधानमन्त्री शाहले मधेश प्रदेशका विकास आयोजनाहरूको प्रभावकारिता र त्यहाँका नागरिकले भोग्नुपरेका समस्या समाधानका लागि सांसदहरूसँग प्रत्यक्ष सुझाव मागेका छन्। भेटका क्रममा सांसदहरूले हुलाकी राजमार्ग, सिँचाइ सुविधा, र शिक्षा-स्वास्थ्यको अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।