NM KHABAR
प्रदेश

धनुषाको लालगढबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर ओकिल अधिकारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई ४० हजार घुससहित पक्राउ गरेको छ। उनले सडक निर्माणमा अवरोध पुर्‍याएर घुस मागेका थिए।
Nmkhabar 3 April 2026, 6:19 am १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor

विकास निर्माणमा अवरोध गरी घुस असुल्ने सशस्त्रका इन्स्पेक्टर रंगेहात पक्राउ

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको लालगढबाट सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्।

अख्तियारको बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले शुक्रबार (चैत २० गते) बिहान उनलाई ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

सडक निर्माणमा अनावश्यक अवरोध र असुली अख्तियारका अनुसार, इन्स्पेक्टर अधिकारीले निर्माणाधीन कमला–ढल्केवर–बागमती सडक खण्डमा काम गरिरहेका निर्माण व्यवसायीलाई अनावश्यक दुःख दिँदै आएका थिए। सडक निर्माणका लागि माटो तथा ग्राभेल फिलिङ गर्ने क्रममा प्रयोग भएका सवारी साधनहरू रोक्ने, काममा अवरोध सिर्जना गर्ने र त्यसलाई खुलाउन घुस बार्गेनिङ गर्ने गरेको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीका आधारमा निगरानी बढाएको अख्तियारको टोलीले अधिकारीलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गर्न सफल भएको हो। शान्ति सुरक्षा कायम गर्न र विकास निर्माणमा सहजीकरण गर्न खटिएका सुरक्षा अधिकारी नै यसरी असुली धन्दामा लागेको पुष्टी भएपछि स्थानीय स्तरमा आलोचना भइरहेको छ।

पक्राउ परेका अधिकारीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

Nmkhabar

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार