मेनू
मधेश

बादल र उपेन्द्र यादवलाई पक्राउ गर्ने तयारी, शनिबार बिदाको दिन पनि मन्त्रालयमा फाइल अध्ययन

user 29 March 2026, 1:34 am १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor
f X W

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्ने गरी आन्तरिक तयारी सुरु गरेका छन्। शनिबार बिदाको दिन भए पनि मन्त्रालय पुगेर मन्त्री गुरुङले यी दुई नेतासँग जोडिएका पुराना फाइलहरूको गम्भीर अध्ययन गरेका हुन्।

शनिबार बिहान मात्रै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा एमाले र कांग्रेसका दुई शीर्ष नेता पक्राउ परेपछि सरकारले अब ‘हेभीवेट’ नेताहरूतिर अनुसन्धान सोझ्याएको हो। यो कदमले सत्ता समीकरण र राजनीतिक वृत्तमा ठूलो हलचल ल्याउने निश्चित देखिएको छ।

स्रोतका अनुसार एमाले उपाध्यक्ष बादललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आधारमा कानुनी दायरामा ल्याउन खोजिएको छ। त्यस्तै, १८ वर्षअघि रौतहटमा भएको गौर हत्याकाण्ड, जसमा २७ जनाको ज्यान गएको थियो, सोही घटनाको मुख्य योजनाकारको आरोपमा उपेन्द्र यादवमाथि कारबाही अघि बढाउने तयारी छ।

गृहमन्त्री गुरुङले मन्त्रालयमा फाइल मगाएर प्रमाणहरूको अध्ययन थालेसँगै प्रहरी प्रशासनलाई समेत उच्च सतर्कतामा राखिएको बुझिएको छ। सरकारले पछिल्लो समय पुराना भ्रष्टाचार र मानवअधिकार उल्लंघनका गम्भीर मुद्दाहरूलाई प्राथमिकतामा राखेर ‘क्लिन अप’ अभियान चलाउन खोजेको संकेत दिएको छ।

अबको केही दिनमा यी दुई शीर्ष नेताहरूमाथि औपचारिक रूपमा कानुनी प्रक्रिया सुरु हुने र पक्राउ पुर्जीसमेत जारी हुन सक्ने स्रोतको दाबी छ। गृह मन्त्रालयले प्रमाण संकलन र कानुनी परामर्शलाई अन्तिम रूप दिइरहेको छ।

user

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार