सरकारले २३ सहसचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो।
अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ। चिलुवाल गत साउनमा राजस्व अनुसन्धानको महानिर्देशक नियुक्त भएका थिए।
राजस्व अनुसन्धान विभाग खारेजीको प्रक्रियामा छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले विभाग खारेजीको प्रक्रिया अघि बढाएका थिए।
