एआई प्रयोग नीति
NM Khabar ले समाचार तयार गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्छ। पाठकले यो जान्नुपर्छ भन्ने हामी ठान्छौं।
एआईले के गर्छ
- नेपाली र विदेशी सञ्चारमाध्यम, सरकारी स्रोत र सार्वजनिक सूचनाबाट ताजा घटना पहिचान गर्छ।
- स्रोत सामग्री र गुगल खोजीमा आधारित अनुसन्धान टिपोटबाट समाचारको मस्यौदा लेख्छ।
- मस्यौदामा स्रोतले पुष्टि नगरेको दाबी खोज्छ; त्यस्ता दाबी धेरै भए समाचार प्रकाशित हुँदैन।
- समाचारका लागि फोटो छान्छ र पोस्टर बनाउँछ।
मानिसले के गर्छ
- समाचार छनोटका नियम, गुणस्तरका मापदण्ड र पद-नामको अद्यावधिक सूची सम्पादकले तय गर्छन्।
- प्रकाशित समाचारमा पाठक वा टोलीले गल्ती औँल्याए सम्पादकीय टोलीले जाँचेर सच्याउँछ।
- गल्ती सच्याउने जिम्मेवारी सम्पादकीय टोलीको हो।
हामी के गर्दैनौं
- नभएको घटना, नक्कली उद्धरण वा बनावटी फोटो प्रकाशित गर्दैनौं।
- वास्तविक व्यक्तिको फोटो एआईबाट बनाउँदैनौं।
प्रश्न वा गुनासो: इमेल: info@nmkhabar.com वा info@basementtechnology.com, फोन: +977-9823192711। हेर्नुहोस्: सच्याइ नीति।
