NM Khabar 21 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

२५ जिल्लामा आकस्मिक बाढीको जोखिम: सतर्कता आवश्यक

देशभर २५ जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम छ। पहाडी र हिमाली क्षेत्रका साना नदी तथा खोलाहरूमा बहाव बढ्ने सम्भावना छ। त्रिशूली, सप्तकोसी, कर्णाली, महाकालीलगायत ठूला नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ।
Sanjay Karki
Sanjay Karki
21 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
आकस्मिक बाढी जोखिम
Share:

देशका २५ जिल्लामा आज (भदौ ५ गते) आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर भइरहेको वर्षाका कारण साना तथा ठूला नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको छ।

महाशाखाका अनुसार विशेषगरी पहाडी र हिमाली क्षेत्रका स-साना नदी तथा खोलाहरूमा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्नेछ। यसका लागि सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जोखिममा रहेका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपासका जिल्लाहरू रहेका छन्। यी जिल्लाहरू भई बग्ने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।

यसैगरी, त्रिशूली, सप्तकोसी, कर्णाली, महाकालीलगायतका ठूला नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार