NM Khabar 19 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

६ सहसचिवको सरुवा: ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

• गृह मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ। • पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। • दाङ, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर र रुपन्देहीका सीडीओ परिवर्तन भएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
19 May 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
Share:

गृह मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ। यस सरुवा प्रक्रिया अन्तर्गत पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।

अध्यागमन कार्यालय, गौतमबुद्ध विमानस्थलका प्रमुख अध्यागमन अधिकृत निश्चलराज पाण्डेलाई दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

त्यसैगरी, कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी तोकिएको छ।

यस्तै, ललितपुरको प्रमुख जिल्ला अधिकारीमा नरहरि घिमिरे र भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा विनोदकुमार खड्काको सरुवा भएको छ।

रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी विश्वप्रकाश अर्याललाई दिइएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार