NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्र बैंकको निर्देशन: ज्येष्ठ र अपाङ्गता भएकालाई बैंकिङ सेवामा सहजता

• नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र निरक्षरलाई बैंकिङ सेवामा प्राथमिकता दिन निर्देशन दिएको छ। • बैंक तथा वित्तीय संस्थाले कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र एटिएममा ब्रेललिपि तथा ध्वनि सहयोगको व्यवस्था गर्नुपर्नेछ। • वेबसाइट र मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्नेछ।
Sunita Rai
Sunita Rai
23 May 2026, 12:03 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाण्डु– नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरी त्यस्ता ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा दिन भनेको हो।

इजाजतप्राप्त संस्थाले सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। यस्तो शाखाको विवरण वेबसाइटमा राख्नुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहित कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्नेछ। यो विवरण पनि वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता सेवा स्वयं उपयोग गर्न सक्ने स्वघोषणा गरेमा संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ।

वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्नेछ। क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधि जडान हुनुपर्नेछ।

थप समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक दिनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ। कार्यालय समयबाहेक कर्मचारीलाई काम गर्न बाध्य पार्न पाइनेछैन।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार