लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेशसभामा पेस गर्दैछ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले दिउँसो १ बजे बस्ने आठौँ अधिवेशनको छैटौँ बैठकमा यो नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। प्रदेशसभा सचिवालयले यो कार्यसूची पुष्टि गरेको छ।
सरकारले आगामी आवका लागि विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको छ।
