NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवाबाट दुई दिनमा ५७ हजार अमेरिकी डलरसहित दुई पक्राउ

रसुवाको बेत्रावती बजारबाट दुई दिनमा ५७ हजार अमेरिकी डलर बरामद भएको छ। ४३ हजार डलरसहित सुशील गुरुङ र १४ हजार ५ सय डलरसहित मीनबहादुर मगर पक्राउ परेका छन्। पक्राउ परेका दुवै पर्यटक गाइडसँग डलरको स्रोत खुल्ने कागजात नभेटिएको प्रहरीले जनाएको छ।
Arjun Basnet
Arjun Basnet
26 May 2026, 12:02 pm १ मिनेट पढाइ
आकार:
Share:

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावती बजारबाट दुई दिनको अवधिमा ५७ हजार अमेरिकी डलरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू पर्यटक गाइडको रूपमा काम गर्दै आएका थिए।

आइतबार एक यात्रुवाहक बस जाँच गर्दा प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–५ का सुशील गुरुङलाई ४३ हजार अमेरिकी डलरसहित नियन्त्रणमा लिएको थियो। गुरुङ काठमाडौंबाट टिमुरतर्फ जाँदै थिए।

सोमबार पनि सोही बजारबाट काठमाडौंबाट टिमुरतर्फ जाँदै गरेका ओखलढुंगाका मीनबहादुर मगरलाई १४ हजार पाँच सय अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार पक्राउ परेका दुवै व्यक्तिसँग डलरको स्रोत खुल्ने कागजात नभएकाले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार