NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

उदयपुरमा लागूऔषधसहित २ युवा पक्राउ

उदयपुरको बेलका नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। मोटरसाइकल जाँचका क्रममा उनीहरू नियन्त्रणमा परेका हुन्।
Sanjay Karki
Sanjay Karki
26 May 2026, 1:33 pm १ मिनेट पढाइ
आकार:
Share:

बेलका नगरपालिका–९ कमलाबारीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

चतराबाट रामपुरतर्फ आउँदै गरेको बा ३० प ६००९ नम्बरको मोटरसाइकल जाँच गर्दा लागूऔषध फेला परेको थियो। पक्राउ पर्नेमा मोटरसाइकल चालक बेलका–४ का २७ वर्षीय सन्देश मगर र पछाडि सवार बेलका–३ का २५ वर्षीय पारस राई छन्।

उनीहरूको साथबाट २ ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार