झापाको गौरादह नगरपालिका-७ मा स्कुल बसको ठक्करबाट चार वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। सजग एकता बोर्डिङ स्कुलको को१ख ६९४० नम्बरको बसले विद्यालयको बिदापछि विद्यार्थी ओराल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृतक बालक सोही विद्यालयमा अध्ययनरत आरोग्य चिमरिया हुन्। घटना बुधबार भएको हो।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालक गौरादहका ५७ वर्षीय लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
