NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतमा विकसित मौसमी प्रणालीको असर: नेपालमा मेघगर्जनसहित वर्षाको सम्भावना

भारतमा विकसित विशाल बादल प्रणालीको प्रभावले नेपालमा प्रि-मनसुन गतिविधि सक्रिय हुने भएको छ। आगामी केही दिन देशभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। तराई क्षेत्रमा गर्मीबाट आंशिक राहत मिल्ने अपेक्षा गरिएको छ।
Sarita Pandey
Sarita Pandey
30 May 2026, 12:02 pm १ मिनेट पढाइ
आकार:
Share:

पाकिस्तानदेखि भारतभर फैलिएको विशाल बादल प्रणालीले नेपालमा प्रि-मनसुन गतिविधि सक्रिय बनाउने संकेत गरेको छ। भारतीय मौसम विभाग (आईएमडी) ले सार्वजनिक गरेको भू–उपग्रह तस्बिरले यो प्रणाली सक्रिय पश्चिमी विक्षोभ, उत्तरी पाकिस्तान आसपासको चक्रवाती परिसंचरण तथा अरब सागर र बंगालको खाडीबाट भित्रिएको आर्द्रताको संयुक्त प्रभावबाट विकसित भएको देखाउँछ।

यस प्रणालीको प्रत्यक्ष प्रभावका कारण आगामी केही दिन हिमाली, उच्चपहाडी, पहाडी तथा तराई क्षेत्रका विभिन्न भूभागमा मेघगर्जनसहित वर्षा, चट्याङ र हावाहुरीको सम्भावना बढेको छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पश्चिम तथा मध्य नेपालमा प्रि-मनसुन वर्षा थप सक्रिय हुन सक्ने अवस्था छ। पहाडी तथा हिमाली जिल्लाका केही स्थानमा मध्यमदेखि भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।

चट्याङ र हावाहुरीका घटनामा वृद्धि हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। तराई क्षेत्रमा केही दिनदेखि कायम अत्यधिक गर्मीबाट भने वर्षासँगै आंशिक राहत मिल्ने अपेक्षा गरिएको छ। प्रशान्त महासागर क्षेत्रमा विकसित हुँदै गएको एल निनो अवस्थाले आगामी मनसुनमा प्रभाव पार्न सक्ने भए पनि हाल दक्षिण एसियामा देखिएको मौसमी अवस्था मुख्यतः क्षेत्रीय वायुमण्डलीय प्रणालीकै कारण भएको मौसमविद्हरूको भनाइ छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार