परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सबीच शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, भेटमा नेपाल र अमेरिकाबीच सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए।
