NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रुसको भीषण हवाई आक्रमण: युक्रेनका विभिन्न सहरमा कम्तीमा १० को मृत्यु

रुसले युक्रेनका विभिन्न सहरमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ। राजधानी किभसहितका सहरमा दर्जनौँ मानिस घाइते भएका छन् र आवासीय भवनहरू भत्किएका छन्। गत महिना लुहान्स्क क्षेत्रको छात्रावासमा भएको आक्रमणको बदला लिन रुसले युक्रेनमा आक्रमण गरेको बताइएको छ।
Bikram Magar
Bikram Magar
2 June 2026, 11:47 am १ मिनेट पढाइ
आकार:
युक्रेनमा रुसी आक्रमण
Share:

रुसले युक्रेनका विभिन्न सहरहरूमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ। पछिल्ला केही महिनायताकै सबैभन्दा ठुलो मानिएको यस आक्रमणमा राजधानी किभसहितका सहरमा १० जनाको ज्यान गएको बिबिसीले जनाएको छ।

मङ्गलवार बिहान सबेरै भएका ती हवाई आक्रमणमा परी कैयौँ बालबालिकासहित दर्जनौँ मानिस घाइते भएका छन्। आक्रमणबाट कतिपय आवासीय भवन भत्किएका छन्। किभमा भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि आपत्कालीन टोलीहरू खटिएका छन्।

मङ्गलवार बिहानै युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो।

गत महिना युक्रेनको नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा २१ जनाको मृत्यु भएको थियो। मस्कोले त्यसको बदलास्वरूप युक्रेनमा आक्रमण गर्ने चेतावनी दिएको थियो।

युक्रेनको डिनिप्रोमा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। किभमा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

किभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई आश्रयस्थलमा बस्न आग्रह गरेका छन्।

कीभको शहर सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले शत्रुले ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरिरहेको बताए।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार