NM Khabar 3 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, ६५% भारतीय

मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन्। यो तथ्यांक आव २०७८-७९ देखि २०८२-८३ को जेठ १५ सम्मको हो।
Kamala Devi
Kamala Devi
2 June 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
मुस्ताङ लेक लागेर मृत्यु
Share:

हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ पर्यटकले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार मृत्यु हुनेमा ६५ प्रतिशतभन्दा बढी भारतीय नागरिक छन्।

आर्थिक वर्ष २०७८-७९ देखि २०८२-८३ को जेठ १५ सम्म १६ नेपाली र ४२ विदेशी पर्यटकको लेक लागेर मृत्यु भएको छ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार, आव २०७८-७९ मा छ जना, आव २०७९-८० मा १२ जना, आव २०८०-८१ मा १४ जना, आव २०८१-८२ मा १३ जना र चालु आव २०८२-८३ को जेठ १५ सम्म १३ जनाले ज्यान गुमाएका छन्।

उकालो यात्रामा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्याले आरोहीको मृत्यु हुने गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार