काठमाडौं उपत्यकामा २४ घण्टामा २,४४५ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व दाखिला भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको छ।
