मुस्ताङको कोरला नाका र जोमसोम बसपार्कबाट ४४४ वटा नयाँ विद्युतीय सवारी साधन (ईभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल–चीन उत्तरी कोरलानाका हुँदै नेपाल भित्रिएका यी सवारी साधनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म हेडक्वार्टर जोमसोमले जनाएको छ।
जोमसोम बसपार्कमा २६६ वटा र कोरला नाकामा ४४४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको हो। यी सवारी साधन कसरी र कुन प्रयोजनका लागि भित्र्याइएका थिए भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ।
