NM Khabar 22 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कालिकामाई गाउँपालिकाका वडाध्यक्ष पटेल प्रहरी नियन्त्रणमा

पर्साको कालिकामाई गाउँपालिकाका वडाध्यक्ष सञ्जय पटेल प्रहरी नियन्त्रणमा परेका छन्। उनीमाथि गाउँपालिकाका कर्मचारीमाथि कुटपिट र दुव्र्यवहार गरेको आरोप छ।
Kamala Devi
Kamala Devi
21 July 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
वडाध्यक्ष पटेल पक्राउ
Share:

पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेल प्रहरी नियन्त्रणमा छन्। गाउँपालिकाका कर्मचारीमाथि कुटपिट र दुव्र्यवहारको आरोपमा उनलाई पोखरिया प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्र मल्लका अनुसार, अभद्र व्यवहार मुद्दामा पटेललाई हरिहरपुर बिर्ताबाटै पक्राउ गरिएको हो। कार्यालयभित्र कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कुटपिट भएको घटनामा उनी आरोपित छन्।

गत असार २३ गते चौरसियामाथि कार्यालयभित्रै कुटपिट र दुव्र्यवहार भएको थियो। घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीले दोषीमाथि कारबाहीको माग गरेका थिए।

प्रहरीले पटेललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको छ। घटनामा संलग्न अन्य आरोपितहरूको खोजी जारी छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार