NM Khabar 23 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डा. गोविन्द केसीद्वारा स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै धनगढीबाट सत्याग्रह सुरु

डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै धनगढीबाट सत्याग्रह सुरु गरेका छन्। उनको सत्याग्रह ७ बुँदे मागमा आधारित छ। केसीले स्वास्थ्य क्षेत्रको निजीकरणको प्रयासको विरोध गरेका छन्।
Kamala Devi
Kamala Devi
23 July 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
डा. गोविन्द केसी सत्याग्रह
Share:

धनगढी । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले आज (बिहीबार) धनगढीबाट पुनः सत्याग्रह सुरु गरेका छन्। स्वास्थ्य क्षेत्र सुधारका लागि ७ बुँदे माग राख्दै केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह आरम्भ गरेका हुन्।

केसीले स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएको भन्दै त्यसको विरोधमा आवाज उठाएका छन्। विगतमा पनि उनले विभिन्न माग राखी पटक–पटक आमरण अनसन बस्दै आएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार