NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

डा. गोविन्द केसीको अनशन अन्त्यका लागि सरकारले पहल थालेको छ। शिक्षा सचिव चुडामणि पौडेल धनगढी पुगेर डा. केसीसँग वार्ता गर्दैछन्। सरकारले वार्तामार्फत माग सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
25 July 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
डा. गोविन्द केसी वार्ता
Share:

अनशनरत प्राध्यापक डा. गोविन्द केसीसँग वार्ता गरी सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल शनिबार धनगढी पुगेका छन्।

शिक्षामन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिए। सचिव पौडेलले डा. केसीसँग प्रत्यक्ष संवाद गरी उनले उठाएका मागबारे छलफल गर्नेछन्।

यसअघि शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए। त्यसैको निरन्तरता स्वरूप सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ।

सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको जनाएको छ।

सरकारले वार्ताको दायरा थप प्रभावकारी बनाउन आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव पनि धनगढी पुगेर संवादमा सहभागी हुने कार्यक्रम रहेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार