विराटनगर। साउन ४ गते विराटनगरको आइसिपी (इन्टिग्रेटेड चेक पोस्ट) मा रहेको नेपाल कस्टम यार्ड (एनसीवाई) मा समुद्रपारको कार्गो रेल आइपुगेको छैठौँ दिनमै क्रेन भाँचिएपछि ४० कन्टेनर थन्किएका छन्।
आइसिपी र एनसीवाईको व्यवस्थापन ठेक्का लिएको ट्रान्स नेपाल टीआरएस लोजिपार्कको क्रेनले कार्गो रेलबाट कन्टेनर अनलोड गर्ने क्रममा क्रेनको टुप्पो भाँचिएको थियो। यसका कारण कार्गो रेल एनसीवाईमा आइपुगेको शनिबार साँझसम्म पनि फर्कन पाएको छैन।
सामान भरिएका ४० कन्टेनर अनलोड हुन नसक्दा करोडौं रुपैयाँको डिटेन्सन शुल्क लाग्ने जोखिम बढेको छ।
