NM Khabar 26 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

आईफोनको लोभमा साथीको हत्या: बागलुङमा चार पक्राउ

बागलुङमा आफ्नै साथीको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीले हत्याराहरूलाई आईफोनको लोभमा साथीको ज्यान लिएको आरोपमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–१ का १९ वर्षीय सुदिप बिक, २० वर्षीय रेम बहादुर बिक र दुई जना नाबालक छन्।
Rohan Tamang
Rohan Tamang
26 July 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
आईफोनको लोभमा हत्या
Share:

बागलुङमा आफ्नै साथीको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीले हत्याराहरूलाई आईफोनको लोभमा साथीको ज्यान लिएको आरोपमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–१ का १९ वर्षीय सुदिप बिक, २० वर्षीय रेम बहादुर बिक र दुई जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या गरेका थिए।

थापा गत साउन २ गते रातिदेखि हराइरहेका थिए। उनको खोजी गर्ने क्रममा साउन ९ गते बिहान मनखोलामा शव फेला परेको थियो।

घटना कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार