NM Khabar 26 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

त्रिवि प्रश्नपत्र प्रकरण: परीक्षा चलिरहेकै बेला लिक, भक्तपुरबाट एक पक्राउ

त्रिभुवन विश्वविद्यालयको एमबिएस परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको पाँच मिनेटमै ह्वाट्सएप ग्रुपमा लिक भएको छ। प्रहरीले यस घटनामा भक्तपुरबाट सन्दीप सिंह नाम गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका सिंहलाई शिक्षा ऐन २०२८ अन्तर्गत कसुर गरेको आरोप छ।
Rohan Tamang
Rohan Tamang
26 July 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
त्रिवि प्रश्नपत्र लिक
Share:

त्रिभुवन विश्वविद्यालयको परीक्षा चलिरहेकै बेला प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले भक्तपुरबाट एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी–१ बस्ने कैलाली घोडाघोडी–११ का ३३ वर्षीय सन्दीप सिंह छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिंहलाई शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो।

गत साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सत्रको परीक्षाकै बेला प्रश्नपत्र सामाजिक सञ्जाल र ह्वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो।

‘एमबिएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ। यस ग्रुपमा एक हजारभन्दा बढी सदस्य छन्। प्रश्नपत्रसँगै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भएको पाइएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार