NM Khabar 28 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वीरगञ्ज स्वास्थ्य सेवा ठप्प: मानव अधिकार आयोगद्वारा तत्काल सुचारुको माग

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट र तोडफोडपछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले यसलाई निन्दनीय भन्दै नागरिकको स्वास्थ्य अधिकार हनन भएको जनाएको छ। आयोगले दोषीमाथि कारबाही र स्वास्थ्य सेवा तत्काल सुचारु गर्न माग गरेको छ।
Kamala Devi
Kamala Devi
28 July 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
स्वास्थ्य सेवा बन्द
Share:

वीरगञ्जको नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट र अस्पताल तोडफोडको घटनाले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेको छ। राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र अस्पताल तोडफोडका घटना निन्दनीय भएको ठहर गरेको छ। यस्ता गतिविधिले समाजमा अराजकता बढाउने आयोगको ठहर छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा घटनाको विरोधमा स्वास्थ्य सेवा बन्द हुँदा सर्वसाधारण नागरिक संविधानको धारा ३५ ले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारबाट वञ्चित हुनुपरेको उल्लेख छ।

आयोगले चिकित्सकमाथि आक्रमणमा संलग्न दोषीहरूको तत्काल निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

स्वास्थ्यजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुँदा लाखौँ नागरिकको जीवन र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलनरत चिकित्सक तथा सम्बन्धित पक्षलाई तत्काल स्वास्थ्य सेवा सुचारु गर्न आयोगले आग्रह गरेको छ।

आयोगले आफ्ना माग राख्ने वा विरोध जनाउने क्रममा नागरिकको स्वास्थ्य अधिकारमा असर नपर्ने वैकल्पिक उपाय अपनाउन आह्वान गरेको छ। वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न सरकार, चिकित्सक, मृतकका परिवार र सम्बन्धित सबै पक्षलाई आयोगले आग्रह गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार