मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट प्रहरीले १ हजार ३३ किलो ४ सय ८४ ग्राम गाँजासहित ट्रक चालक उमेश तामाङलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो धनकुटा पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को. १ ख ४३७३ नम्बरको ट्रक रोकेर जाँच गर्दा गाँजा फेला परेको थियो। प्रहरीले बरामद गाँजा र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
