NM Khabar 3 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली राहदानी प्रकरण: परराष्ट्रका सहसचिव भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई नक्कली राहदानी प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको सीआईबीले उनलाई शरणार्थीलाई नक्कली राहदानीमार्फत तेस्रो मुलुक पठाउन सघाएको आरोपमा पक्राउ गरेको छ। भट्टराईविरुद्ध राहदानी कसुरमा मुद्दा दायर भई पक्राउ पुर्जी जारी भएको थियो।
Arjun Basnet
Arjun Basnet
3 August 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
राहदानी प्रकरण
Share:

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई नक्कली राहदानी प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार काठमाडौंको कागेश्वरी मनहरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराका अनुसार नेपालबाट शरणार्थीलाई नक्कली राहदानीका आधारमा तेस्रो मुलुक पठाउने कार्यमा भट्टराईको प्रत्यक्ष संलग्नता देखिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

स्रोतका अनुसार भट्टराईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि सीआईबीले उनलाई पक्राउ गरेको हो।

अर्को समाचार स्रोतका अनुसार भट्टराईलाई तिब्बती शरणार्थीका नाममा गैरकानुनी रुपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा पक्राउ गरिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार