मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

म्याग्दीमा खोलाले बगाएर भीमबहादुर घर्ती बेपत्ता, खोजी जारी

म्याग्दीको रघुगंगा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। भैँसीसहित खोला तर्ने क्रममा उनी बगेको प्रहरीले जनाएको छ। सोमबार साँझदेखि खोजी जारी छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
म्याग्दी खोलाले बगायो
Share:
१८६

म्याग्दीको रघुगंगा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। रघुगंगा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उनी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई स्रोतले पुष्टि गर्‍यो।

गाउँलेले खोलाले बगाएको सूचना दिएपछि सोमबार साँझदेखि प्रहरी र स्थानीयले घर्तीको खोजी कार्य सुरु गरेका थिए। हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले आज बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको जानकारी दिए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार