व्यवसायी दुर्गा प्रसाईं र नेता डा. धवल शमशेर राणाले ‘जय नेपाल पार्टी’ नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्दैछन्।Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
नेता सगुन लावतीका अनुसार आगामी साउन २८ गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने निर्णय भएको छ। राणा पार्टीको अध्यक्ष र प्रसाईं सर्वोच्च नेता बन्ने सहमति छ।
यो पार्टीले राष्ट्रवादी विचारधारालाई मुख्य एजेन्डा बनाउने र समसामयिक राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने दाबी गरेको छ। प्रसाईं र राणाको यो सहकार्य राष्ट्रवादी शक्तिलाई एकजुट पार्ने उद्देश्यले भएको हो।
