सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ३३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। कार्यालयले बिहीबार एक सूचना जारी गर्दै एसपीहरूको सरुवाको जानकारी दिएको हो।
यो सरुवा सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका उपरीक्षकहरूका लागि भएको हो। उनीहरूलाई नियमानुसार तलब, भत्ता र रासन पाउने गरी विभिन्न कार्यालयहरूमा काजरसरुवा गरिएको जनाइएको छ।
यो सरुवा आगामी २०८३ भदौसम्म लागू हुने उल्लेख छ।
