NM Khabar 14 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रोल्पाको थबाङमा पहिरो: १८ वर्षीया शान्ति र ६० वर्षीय कमलबहादुरको मृत्यु

रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले घरगोठ पुरिँदा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
Maya Thapa
Maya Thapa
13 August 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
रोल्पा पहिरो
Share:

रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले घरसहित गोठ पुरिँदा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन्।

साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाले पहिरो निम्त्याएको थियो। राति घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी स्वास्थ्य संस्थामा पठाइएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिरोले छ घर/गोठमा क्षति पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार