NM Khabar 30 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पाल्पामा पहिरोले दुई घर बगायो, एक महिला बेपत्ता

पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ढुस्टुङमा पहिरोले दुई कच्ची घर बगाउँदा कृष्णकुमारी सारु बेपत्ता भएकी छन्। सडक अवरुद्ध र लगातारको वर्षाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको छ।
Kamala Devi
Kamala Devi
25 September 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
पाल्पा पहिरो
Share:

पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ढुस्टुङस्थित गोलफानमा अविरल वर्षाले दुई कच्ची घर बगाउँदा कृष्णकुमारी सारु बेपत्ता भएकी छन्। शुक्रबार दिउँसो रामबहादुर उचै र केशुराम सारुको घर भत्किँदा केशुरामकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी हुन्।

घर भत्किँदा परिवारका अन्य सदस्य भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष प्रकाश रायमाझीले बताए। कपडा मिलाउँदै गर्दा कृष्णकुमारी घरभित्रै च्यापिएको जानकारी आएको उनले बताए।

घर भत्किएको क्षेत्रमा पहिरो र दलदल छ। माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। सशस्त्र प्रहरीलाई उद्धारका लागि खबर गरिए पनि सडक अवरुद्ध भएकाले घटनास्थलसम्म पुग्न समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले दिउँसो पौने तीन बजे दुइवटा घर पुरिएका हुन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार