भूलसुधार नीति
NM Khabar सही सूचना दिन प्रतिबद्ध छ। गल्ती भए हामी त्यसलाई लुकाउँदैनौं, खुला रूपमा सच्याउँछौं।
गल्ती कसरी जानकारी गराउने
कुनै समाचारमा तथ्यगत गल्ती, गलत नाम वा पद, वा भ्रम पार्ने सूचना भेट्नुभयो भने समाचारको लिंकसहित हामीलाई लेख्नुहोस् — इमेल: info@nmkhabar.com वा info@basementtechnology.com, फोन: +977-9823192711।
हामी के गर्छौं
- सूचना पाएको २४ घण्टाभित्र जाँच गर्छौं।
- तथ्यगत गल्ती भए समाचार सच्याएर अन्त्यमा “भूलसुधार: मिति — के सच्याइयो” भन्ने टिप्पणी राख्छौं।
- गम्भीर गल्ती भएमा शीर्षक र सामाजिक सञ्जालको पोस्ट पनि सच्याउँछौं।
- पूरै गलत ठहरिएको समाचार हटाइन्छ र किन हटाइयो भन्ने सूचना सोही ठेगानामा राखिन्छ।
- हिज्जे वा व्याकरणको सानो सुधारमा छुट्टै टिप्पणी राखिँदैन।
नयाँ घटनाक्रम
पुरानो समाचारमा नयाँ तथ्य आएमा हामी नयाँ समाचार प्रकाशित गर्छौं र पुरानो समाचारको माथि “ताजा अपडेट” लिंक राख्छौं।
गुनासो
हाम्रो जवाफबाट सन्तुष्ट नभए प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिन्छ।
