एआई प्रयोग नीति
Nmkhabar ले समाचार तयार गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्छ। पाठकले यो जान्नुपर्छ भन्ने हामी ठान्छौं। एआईको सहयोगमा तयार भएका समाचार Nmkhabar डेस्क को नाममा प्रकाशित हुन्छन्; हामी कुनै काल्पनिक संवाददाताको नाम प्रयोग गर्दैनौं। हाम्रा पत्रकारले आफैं लेखेका समाचारमा उनीहरूकै नाम रहन्छ।
Nmkhabar डेस्कले के गर्छ
- नेपाली र विदेशी सञ्चारमाध्यम, सरकारी स्रोत र सार्वजनिक सूचनाबाट ताजा घटना पहिचान गर्छ।
- हरेक समाचारका लागि देश-विदेशका आधिकारिक स्रोत खोज्छ: मन्त्रालय र सरकारी निकायका सूचना, अदालतका आदेश, संसदका अभिलेख, नेपाल राष्ट्र बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क, विदेशी सरकार र दूतावासका सूचना, संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता अन्तर्राष्ट्रिय निकायका प्रतिवेदन।
- स्रोतबाट तथ्य मात्र लिएर आफ्नै शब्दमा समाचार लेख्छ; अरू सञ्चारमाध्यमका वाक्य सार्दैन।
- समाचारमा थप मूल्य जोड्छ: पृष्ठभूमि, अब के हुन्छ (अर्को मिति, निर्णय वा चरण), विदेशका घटनामा नेपालका लागि किन महत्त्वपूर्ण, र हाम्रा सम्बन्धित समाचार।
- समाचार जुन आधिकारिक अभिलेखमा आधारित छ, ती आधिकारिक स्रोत का रूपमा समाचारकै तल लिंकसहित राख्छ, ताकि पाठक आफैं जाँच्न सकून्।
- प्रकाशनअघि सम्पादन चरणमा हरेक तथ्य, अङ्क र पद-नाम स्रोतसँग मिलाउँछ; स्रोतले पुष्टि नगरेको दाबी हटाउँछ, र त्यस्ता दाबी धेरै भए समाचार प्रकाशित हुँदैन।
- समाचारका लागि फोटो छान्छ र पोस्टर बनाउँछ।
मानिसले के गर्छ
- समाचार छनोटका नियम, गुणस्तरका मापदण्ड र पद-नामको अद्यावधिक सूची सम्पादकले तय गर्छन्।
- हाम्रा पत्रकारले फिल्डबाट समाचार लेख्छन् र डेस्कमार्फत पठाइएका समाचार सम्पादकले जाँचेर प्रकाशित गर्छन्।
- प्रकाशित समाचारमा पाठक वा टोलीले गल्ती औँल्याए सम्पादकीय टोलीले जाँचेर सच्याउँछ। गल्ती सच्याउने जिम्मेवारी सम्पादकीय टोलीको हो।
हामी के गर्दैनौं
- नभएको घटना, नक्कली उद्धरण वा बनावटी फोटो प्रकाशित गर्दैनौं।
- वास्तविक व्यक्तिको फोटो एआईबाट बनाउँदैनौं।
- काल्पनिक संवाददाता वा नक्कली नाममा समाचार प्रकाशित गर्दैनौं।
- स्रोतले नभनेको विचार, अनुमान वा प्रतिक्रिया थप्दैनौं।
प्रश्न वा गुनासो: इमेल: info@nmkhabar.com, editor@nmkhabar.com वा info@basementtechnology.com, फोन: +977-9823192711। हेर्नुहोस्: भूलसुधार नीति।