प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका छन्।
विमानस्थलमा उनलाई बिदाइ गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल पुगेका थिए।
यसअघि एनएमखबरले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने, ऊर्जा परियोजनाको शिलान्यास गर्ने र विभिन्न समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
