मध्यपूर्वमा जारी तनाव अन्त्य गर्न अमेरिका र इरान युद्धविराम सम्झौतामा पुगेका छन्। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत यो जानकारी दिएका हुन्।
यो सम्झौता अन्तर्गत दुवै देशले तत्काल स्थायी रूपमा सैन्य कारबाही रोक्ने निर्णय गरेका छन्। यस सहमतिले मध्यपूर्वमा शान्ति स्थापनामा भूमिका खेल्ने अपेक्षा छ।
सम्झौतामा १९ जुनमा हस्ताक्षर हुने कार्यक्रम छ। यसले यस क्षेत्रमा वर्षौंदेखि जारी अस्थिरताको अन्त्यको संकेत दिएको छ।
