NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अमेरिका-इरान युद्ध रोक्न ऐतिहासिक डिजिटल समझदारीमा हस्ताक्षर

अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले ऐतिहासिक समझदारी पत्रमा डिजिटल हस्ताक्षर भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यो पत्रमा डिजिटल हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको विशेष कोष प्रस्ताव गरिएको छ।
Bikram Magar
Bikram Magar
18 June 2026, 5:47 am १ मिनेट पढाइ
आकार:
Share:

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका छन् । इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यस समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।

यो समझदारीसँगै अमेरिका र इरानबीचको युद्ध औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेका कारण स्विट्जरल्यान्डको जेनेभामा हुने भनिएको वार्तामा कुनै भौतिक हस्ताक्षर समारोह नहुने जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी ६० दिनको वार्ताको अवधि ‘अन्तिम समयसीमा’ नभएको बताएका छन् । यो अवधिमा दुवै देशले तेहरानको आणविक कार्यक्रमलाई लिएर एउटा अन्तिम र ठोस सम्झौतामा पुग्नुपर्नेछ ।

ट्रम्पले चेतावनी दिँदै अर्को चरणको वार्ता ६० दिनभित्र निष्कर्षमा नपुगे वा इरानले यस समझदारीको पालना नगरे पुनः युद्ध सुरु हुने र इरानमाथि “भीषण बमबारी” गर्ने चेतावनी समेत दिएका छन् ।

सम्झौता अनुसार इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको एउटा विशेष कोष प्रस्ताव गरिएको छ । अमेरिकी अधिकारीका अनुसार यो कोषमा इरानका छिमेकी मुलुकले रकम जम्मा गर्नेछन् र यसको प्रयोग युद्धबाट ध्वस्त भएका इरानी पूर्वाधारको पुनर्निर्माणमा गरिनेछ । इरानले पनि आफ्ना क्षेत्रीय साझेदारले मुलुकमा ३०० अर्ब डलर लगानी गर्ने र त्यसको एउटा हिस्सा पुनर्निर्माणमा खर्च गरिने पुष्टि गरेको छ ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार