सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट तीन महिनामा २७ करोड ८५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
बरामद गरिएका सामानमा किराना, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्टस र कस्मेटिक्स छन्। सशस्त्रले १० करोड २२ लाखभन्दा बढी मूल्यका सवारीसाधन पनि नियन्त्रणमा लिएको छ।
यस अवधिमा ३० लाख रुपैयाँ बराबरको १ हजार १०० क्यूफिट काठ र १०२ ग्राम चाँदी बरामद भएको छ। अवैध कार्यमा संलग्न ८४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ।
सीमा क्षेत्रमा लागूऔषध ओसारपसारमा कडाइ गरिएको छ। १९३ ग्राम ब्राउन सुगर, ९.५ किलो चरेश र १,६०६ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ।
तीन वटा कटुवा पेस्तोल, दुई थान सिक्सर, दुई थान भरुवा बन्दुक र गोली बरामद भएको छ। मानव बेचबिखन आशंकामा २९ महिला र ३० पुरुषलाई नियन्त्रणमा लिइएको छ।
नदीजन्य पदार्थ उत्खननमा संलग्न २२ ट्रयाक्टर, २६ टिप्पर र २ जेसीबी नियन्त्रणमा लिइएको छ। विपद्मा परेका ३० जना र घाइते २७४ जनाको उद्धार गरिएको छ।
