NM Khabar 7 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

हतियार मुद्दामा ४० पक्राउ, २९ थान हतियार बरामद

वैशाख महिनामा देशभर हातहतियारसम्बन्धी मुद्दामा ४० जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट २९ थान हतियार र गोली बरामद गरेको छ।
Sanjay Karki
Sanjay Karki
22 May 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
Share:

वैशाख महिनामा देशभर हातहतियारसम्बन्धी मुद्दामा ४० जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट २९ थान हतियार र गोली बरामद गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकाबाट तीन, कोशीबाट एक, मधेसबाट एक, बागमतीबाट एक, गण्डकीबाट १४, लुम्बिनीबाट नौ, कर्णालीबाट आठ र सुदूरपश्चिमबाट तीन जना पक्राउ परेका हुन्। पक्राउ परेका सबैलाई शुक्रबार सार्वजनिक गरिएको छ।

प्रहरीले एक थान चाइनिज पेस्तोल, एक पेस्तोल, एक रिभल्वर, दुई कटुवा पेस्तोल, २१ भरुवा बन्दुक, एक बन्दुक र दुई एयरगन बरामद गरेको छ।

यस्तै, चाइनिज पेस्तोलको एक राउण्ड गोली, एसएलआरको २६३ राउण्ड गोली र विभिन्न बन्दुकमा लाग्ने ७० राउण्ड गोली पनि बरामद भएको छ।

प्रवक्ता काफ्लेले अवैध हातहतियार कारोबारी र प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको बताए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार