NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बादलले रास्वपालाई ‘अराजक जमात’ भनेपछि संसद्‌मा नियमापत्ति

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘अराजक जमातको अस्थायी गठजोड’ भन्दै टिप्पणी गरेका छन्। बादलको यो भनाइपछि रास्वपा सांसद मनिष खनालले नियमापत्ति जनाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 May 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
Share:

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘अराजक जमातको अस्थायी गठजोड’ भन्दै गरेको टिप्पणीले प्रतिनिधिसभा बैठकमा नियमापत्ति भएको छ। मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै थापाले रास्वपाको उदय अस्वाभाविक भएको आरोप लगाए।

थापाले रास्वपालाई ‘राजनीतिक नेतृत्वको दृष्टिकोणले सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन’ भने। उनले यसलाई ‘आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातको अस्थायी गठजोड’ को संज्ञा दिए। बादलले थपे, ‘दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ।’

बादलले लोकप्रियतावादी दल रूपमा रास्वपा प्रिय देखिए पनि सार र परिणाममा घातक हुने टिप्पणी गरे। उनले प्रशासन र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्न संसद् स्थगित गरी अध्यादेश ल्याएको आरोप लगाए। ‘न्यायालयपछि आगामी दिनमा स्थानीय, प्रदेश र राष्ट्रियसभामा प्रभुत्व कायम गरेपछि कथित नीला क्रान्तिले पूर्णता गर्न सक्दछ,’ उनले भने।

बादलले नेपाली सेनामाथि पनि गम्भीर प्रश्न उठाएको बाह्रखरीले उल्लेख गरेको छ। बादल बोलिरहँदा रास्वपा सांसद मनिष खनालले नियमापत्ति जनाए। सभामुख देवराज घिमिरेले उनलाई बस्न आग्रह गरेपछि बादलले भनाइ जारी राखे।

बादल बोलिसकेपछि सांसद खनालले पुनः नियमापत्ति जनाउँदै बादलको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे। ‘अमर्यादित र अशोभनीय कुरा रेकर्डमा राखेर जान सक्दैनौँ। रेकर्डबाट हटाइयोस्,’ खनालले भने।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार