मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

बागलुङको निसीखोलामा पहिरो: आठ घर भत्किए, ४० उच्च जोखिममा

बागलुङको निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो जाँदा आठ घरमा क्षति पुगेको छ। पहिरोले ४० घर उच्च जोखिममा परेका छन्। लगातारको वर्षाले जोखिम थप बढेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
बागलुङ पहिरो
Share:
१४६

बागलुङको निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ। ४० घर उच्च जोखिममा परेका छन्। मनसुन सक्रिय भएसँगै आएको पहिरोले स्थानीयका घर, गोठ र शौचालयमा आंशिक क्षति पुर्‍याएको छ।

वडाध्यक्ष कुवीर विश्वकर्माका अनुसार पहिरोले घरको पाली भत्किने, छानो उप्कने र घर चर्किने जस्ता क्षति भएको छ। धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ।

उपल्लो बेङ्ग्रीको पहिरोले बस्तीमा थप जोखिम बढाएको छ। लगातारको वर्षाले पहिरो थप खस्ने सम्भावना रहेकाले जोखिममा परेका परिवारलाई सतर्क रहन वडाध्यक्ष विश्वकर्माले आग्रह गरेका छन्। काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडकखण्डमा पनि पहिरो झरेर बस्ती जोखिममा परेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार