बैतडीको मेलौली नगरपालिका–१ सिराडमा कच्ची घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित तीन जना घाइते भएका छन्। सुने पार्कीको दुईतल्ले घर भत्किँदा उनकी बुहारी प्रिया पार्की र दुई छोरी मनिषा तथा चाँदनी घाइते भएका हुन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
घाइते हुनेहरूमा २२ वर्षीया बुहारी प्रिया पार्की, १८ वर्षीया छोरी मनिषा र १३ वर्षीया छोरी चाँदनी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए। बुहारी पार्की आठ महिनाकी गर्भवती छिन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
प्रवक्ता तिमिल्सिनाका अनुसार, गर्भवती प्रियाको अवस्था गम्भीर छ। अन्य दुई जनाको अवस्था सामान्य छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
ढुङ्गा र माटोले जोडिएको दुईतल्ले कच्ची घरको मुख्य निधाल अचानक भाँचिएर घर भत्किएको प्रहरीले जनाएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको थियो। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा घाइतेहरूको तत्काल उद्धार गरी मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरी प्रवक्ता तिमिल्सिनाले बताए। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
