NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बझाङमा जीप दुर्घटना: तीनको मृत्यु, पाँच घाइते

बझाङको केदारस्यूँ गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
Sanjay Karki
Sanjay Karki
11 July 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
बझाङ जीप दुर्घटना
Share:

बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरेमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। दुर्घटनामा पाँच जना यात्रु घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार घाइतेहरूको तत्काल उद्धारका लागि हेलिकप्टर पठाइएको छ। उद्धार कार्य जारी रहेको Nmkhabarलाई केशरीले जानकारी दिए।

सडकबाट करिब ३०० मिटर तल खसेको जीप दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार