NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाजुरा पहिरो: दुई घर भत्किए, एक बेपत्ता

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले दुई घर भत्काएको छ। धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको छ। पहिरोमा दुई जना घाइते भएका छन् भने एक जना बेपत्ता छन्। उद्धारका लागि प्रहरी परिचालन गरिएको छ।
Sanjay Karki
Sanjay Karki
14 August 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
बाजुरा पहिरो
Share:

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले दुई घर भत्काएको छ। धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको छ। पहिरोमा दुई जना घाइते भएका छन् भने एक जना बेपत्ता छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २८ साउन बेलुकीदेखि परेको अविरल वर्षाले पहिरो निम्त्याएको हो। स्थानीय टेकबहादुर थापाले राति १२:१० बजे प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए।

प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। तर, ताम्सु खोलामा बढेको बहावका कारण टोली तत्काल पुग्न सकेन।

उद्धारका लागि बिहान ४ बजे बर्जुगाड प्रहरी चौकी र अस्थायी प्रहरी वेश क्याम्पबाट थप टोली परिचालन गरियो। बिहान ५ बजे प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमान्डमा १७ जनाको टोली उद्धार सामग्रीसहित खटिएको छ।

घटनास्थल प्रहरी चौकी बडिमालिकाबाट करिब चार किलोमिटर उत्तरमा छ। वर्षा र खोलाको बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार