मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड पहिरोले अवरुद्ध

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो खसेको छ। रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरीमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। पहिरोमा चारवटा गाडी फसे पनि यात्रुहरूको उद्धार गरिएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१९७

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका–२, माथिल्लो बैसरीमा आज दिउँसो पहिरो खसेपछि ७६ किलोमिटर दूरीको यो सडकमा सिधा यातायात सम्पर्क टुटेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार पहिरोले सडकको दुवैतर्फ चारवटा गाडी च्यापिएका छन्। सुरक्षाकर्मीको टोलीले फसेका यात्रुहरूको उद्धार गरिसकेको छ। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

सडक विभाग र बेनी–जोमसोम सडकखण्डको मर्मतसम्भारमा संलग्न निकायहरूले पहिरो हटाउने तयारी गरिरहेका छन्। यस पहिरोका कारण मुस्ताङतर्फ जाने र आउने सम्पूर्ण यातायात सेवा ठप्प भएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार