मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भोटेकोशी बाढी: बागलुङका १६ बेपत्ता, चारको कुशको दाहसंस्कार

भोटेकोशी नदीमा आएको बाढीले बगाएका बागलुङका १६ जना व्यक्ति अझै बेपत्ता छन्। १६ दिनसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि चार जनाको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।
Maya Thapa
फिचर लेखिका
१ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी बेपत्ता
Share:
१३५

भोटेकोशी नदीमा आएको बाढीले बगाएका बागलुङका १६ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनीहरू त्रिशूली हाइड्रोपावर र त्रिशूली-३ बी आयोजनामा कार्यरत थिए।

त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ जना, ढोरपाटन नगरपालिकाका दुई जना, गलकोट नगरपालिकाका एक जना बेपत्ता छन्। त्रिशूली-३ बी आयोजनामा बागलुङ नगरपालिकाका चार जना बेपत्ता सूचीमा छन्।

बेपत्ता हुनेहरूमा त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक छन्। उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति पनि बेपत्ता छन्। १६ दिनको खोजीपछि परिवारले बिहीबार हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

बेपत्ता इन्जिनियर राजेश शर्मा पौडेल परिवारका एकमात्र छोरा रहेको आफन्त विष्णु शर्माले बताए।

Maya Thapa

Maya Thapa

फिचर लेखिका

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार