NM Khabar 30 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढी: ७८१ को मृत्यु, २५०२ सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको बाढीले ७८१ जनाको ज्यान लिएको छ। २५०२ जना अझै सम्पर्कविहीन छन्। हालसम्म ९,४३५ जनाको उद्धार गरिएको छ।
Sanjay Karki
Sanjay Karki
30 August 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी अपडेट
Share:

भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी मृत्यु हुनेको संख्या आइतबार साँझ ६ बजेसम्म ७८१ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव तथा मानव अंग भेटिएको हो।

बाढीपश्चात सम्पर्कविहीन हुनेको संख्या दुई हजार ५०२ पुगेको छ। सम्पर्कविहीन हुनेमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल नेपाल, १५ जना भन्सार कार्यालयका कर्मचारी, चारजना अध्यागमन कार्यालयका कर्मचारी रहेका छन्।

विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३, विदेशी ५९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी, क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कविहीन छन्। यस्तै, रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन भएको विवरण छ।

प्राधिकरणका अनुसार, हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको छ। जलविद्युत् आयोजनाका सुरुङबाट २७९ जनाको उद्धार गरिएको जनाइएको छ।

नेपाली सेनाले २५४ विदेशी र तीन हजार ६७ नेपालीको हवाई उद्धार गरेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ। सात हजार ८९४ नेपाल प्रहरी, आठ हजार ५२१ जना नेपाली सेना र चार हजार २०३ सशस्त्र प्रहरी खोज तथा उद्धारमा बाढी प्रभावित क्षेत्रमा खटाइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार