काठमाडौँ । वैशाख महिनाको २२ दिनमा विपद्जन्य घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि हालसम्म विभिन्न प्रकृतिका आठ सय ६८ वटा विपद्का घटनामा परेर उनीहरूको मृत्यु भएको हो ।
ती घटनामा दुई सय चार जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार विपद्का कारण एक हजार १०९ परिवार प्रभावित भएका छन् ।
मुख्य विपद्का घटना
- चट्याङबाट १२ जनाको मृत्यु
- आगलागीबाट ८ जनाको मृत्यु
- हुरीबतासबाट ६ जनाको मृत्यु
- लेक लागेर ५ जनाको मृत्यु
- वन्यजन्तुको आक्रमणबाट ३ जनाको मृत्यु
- सर्पदंश, डुङ्गा दुर्घटना र अन्य कारणले पनि केहीको मृत्यु भएको छ ।
प्रवक्ता महतले दिएको जानकारीअनुसार सबैभन्दा बढी विपद्का घटना चट्याङका कारण भएका छन् । यसबाट १२ जनाले ज्यान गुमाएका छन् ।
आगलागीका घटनामा ८ जनाको मृत्यु भएको छ भने हुरीबतासका कारण ६ जनाको ज्यान गएको छ ।
यसैगरी, लेक लागेर पाँच जना, जनावरको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । सर्पदंश, डुङ्गा दुर्घटना लगायतका अन्य विपद्जन्य घटनामा पनि केही व्यक्तिको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
विभिन्न विपद्बाट दुई सय चार जना घाइते भएका र एक हजार १०९ परिवार प्रभावित भएको तथ्यांक छ ।
हालसम्म विपद्का घटनामा कतिपटक उद्धार गरियो वा कति राहत वितरण गरियो भन्ने विस्तृत विवरण भने आउन बाँकी छ ।