NM Khabar 26 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विराटनगर रेल्वे यार्डमा क्रेन भाँचिँदा ४० कन्टेनर थन्किए, करोडौँको नोक्सानी

• विराटनगरको आईसीपी रेलवे यार्डमा कार्गो रेलबाट कन्टेनर अनलोड गर्ने क्रममा क्रेन भाँचियो। • यसका कारण ४० वटा कन्टेनर अनलोड हुन सकेका छैनन्। • करोडौं रुपैयाँको डिटेन्सन शुल्क लाग्ने जोखिम बढेको छ।
Kamala Devi
Kamala Devi
26 July 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
विराटनगर रेल्वे कन्टेनर
Share:

विराटनगर। साउन ४ गते विराटनगरको आइसिपी (इन्टिग्रेटेड चेक पोस्ट) मा रहेको नेपाल कस्टम यार्ड (एनसीवाई) मा समुद्रपारको कार्गो रेल आइपुगेको छैठौँ दिनमै क्रेन भाँचिएपछि ४० कन्टेनर थन्किएका छन्।

आइसिपी र एनसीवाईको व्यवस्थापन ठेक्का लिएको ट्रान्स नेपाल टीआरएस लोजिपार्कको क्रेनले कार्गो रेलबाट कन्टेनर अनलोड गर्ने क्रममा क्रेनको टुप्पो भाँचिएको थियो। यसका कारण कार्गो रेल एनसीवाईमा आइपुगेको शनिबार साँझसम्म पनि फर्कन पाएको छैन।

सामान भरिएका ४० कन्टेनर अनलोड हुन नसक्दा करोडौं रुपैयाँको डिटेन्सन शुल्क लाग्ने जोखिम बढेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार