- मुख्य कुराहरू:
- वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न आक्रमण भएको छ।
- आक्रमणमा परी २७ वर्षीय प्रहरी जवान विकास चौरसियाको ज्यान गएको छ।
- मृतक चौरसिया सप्तरी दरबन्दीका प्रहरी जवान थिए र बिदामा घर आएका थिए।
- घटना २९ चैतमा भएको हो।
वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ।
मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन्।
सप्तरी दरबन्दी रहेका नेपाल प्रहरीमा कार्यरत चौरसिया हाल बिदामा घर आएका थिए।
पर्सा प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।